Logo

वडा कार्यालयलाई रु २५ लाखको जग्गादान



इलाम, ११ फागुन । इलामको देउमाई नगरपालिका–१ मा एक स्थानीयले वडा कार्यालयलाई भवन निर्माणका लागि पाँच रोपनी जग्गा निःशुल्क दान गर्नुभएको छ । स्थानीय फत्तेप्रसाद दुलालले रु २५ लाख मूल्य पर्ने जग्गा आफ्नो स्व हजुरबुबा, हजुरआमा र आमाको सम्झनामा दान गर्नुभएको हो ।

पाँच रोपनी जग्गाको मूल्य रु २५ लाख कायम गरिएको बताइएको छ । देउमाई नगरपालिका–१, तपेवाका फत्तेप्रसादले स्व हजुरबुबा डिल्लीराम, हजुरआमा रत्नमाया र आमा चन्द्रमाया दुलालको सम्झनामा सो मूल्य बराबरको जग्गादान गरेको बताउनुभयो ।

स्थानीय तहको विकासमा सहयोग पु¥याउन जग्गादान गरेको उहाँले बताउनुभयो । यसैबीच, नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध कृषि श्रमिक संघको प्रथम जिल्ला अधिवेशनले विष्णुप्रसाद दुलालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

बिहीबार साँझ सम्पन्न अधिवेशनले उपाध्यक्षमा खेमराज भट्टराई, महिला उपाध्यक्षमा मीना चौहान, सचिवमा दीपेन्द्र दुलाल, कोषाध्यक्ष हेममाया प्रधान र सहसचिवमा बीना भुजेललाई चयन गरेको हो ।

समितिका सदस्यमा टेकबहादुर थापा, रामबहादुर अधिकारी, लक्ष्मी पौड्याल, नेत्र राई निर्वाचित हुनुभएको छ । अधिवेशनले फागुन २४ मा हुने ट्रेड युनियन काँग्रेसको प्रतिनिधिमा गोपाल भट्टराई, राजेन्द्र शर्मा, प्रमिला आचार्य, विष्णुप्रसाद दुलाल, पवित्रा आचार्य, सूर्य प्रधान र मनोज तिम्सिनालाई चयन गरेको छ ।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अध्यक्ष विष्णुप्रसाद दुलाल र दीपेन्द्र दुलाललाई चयन गरेको छ । अधिवेशनमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष हरि फुँयालले इलाममा कृषि श्रमिक संघले स्थानीय तहमा आएका सेवा सुविधा र अधिकारबाट वञ्चित नहुनका लागि पैरवीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्