Logo

नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा पण्डितको उम्मेदवारी



फागुन १२, काठमाण्डौ । नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको जिल्ला अधिवेशन आज भोली सम्पन्न हुन गइरहेको छ । जिल्लाको खैरेनीटारमा हुन गइरहेको अधिवेशनमा पवित्रा मा वि डुम्रेका प्रधानाध्यापक रघुनाथ पण्डितले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पेशागत सुरक्षा, शिक्षक हकहित र शैक्षिक गुणस्तरको निम्ति आफूले उम्मेदवारी दिएको पण्डितले बताएका छन् ।

शिक्षकका हकहित र शिक्षामा सुधारका लागि आफू प्रतिवद्ध रहेको भन्दै पण्डितले अध्यक्ष पदमा आफूलाई विजयी गराउन सबैसँग आग्रह गरेका छन् ।

संगठनको आजिवन सदस्यसमेत रहेका पण्डित संगठनको नेतृत्व गर्नका लागि योग्य भएको भन्दै अधिकांश शिक्षकहरुले समर्थन जनाएका छन् ।

बन्दिपुर गाउँपालिकास्थित वडा नम्बर एकमा अवस्थित पवित्रा माविको प्रधानाध्यापकको रुपमा कार्यरत पण्डितले विद्यालयलाई सफल विद्यालयको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

आज र भोली हुने अधिवेशनका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य लिन चाहने र नवीकरण गर्नुपर्ने शिक्षकहरुले अधिवेशन स्थल खैरेनीटारमै पनि सम्पर्क गर्न सक्ने जानकारी पण्डितले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्