Logo

करोडौं कर तिर्ने ग्रील व्यवसायीको व्यवस्थापन खाँचो



ललितपुर, फागुन १३ । देशलाई करोडौं कर तिर्दै आएका ग्रिल तथा स्टिल व्यवसायीहरू राज्यको बेवास्तामा छन् । देशमा निर्माण कार्यले तिव्र गति लिइरहँदा यो व्यवसाय समेत फष्टाएको छ ।

हजारौंले प्रत्यक्ष रोजगार पाइरहेको र लाखौं व्यक्तिको रोजीरोटीसँग जोडिएको व्यवसायको उचित व्यवस्थापन, नियमन र उनीहरूको हक अधिकारका लागि भने बेवास्ता हुँदै आएको छ ।

राज्यलाई मिल्दै आएको कर र लाखौंको रोजीरोटीसँग सम्बन्धित व्यवसायीहरूको संघ रहेपनि यसले अझै प्रभावकारी भूमिका निभाइरहेको छ । व्यवसायीहरूमध्ये धेरै संघमा आवद्ध छैनन् । यसले व्यवसायीप्रतिको सम्मान मात्र नभई प्रभाव समेत फितलो छ ।

नेपाल ग्रिल तथा स्टिल व्यवसायी संघ ललितपुर जिल्ला सचिव देवचन्द्र केसी व्यवसायीहरूलाई संघको तल्लो एकाई देखि नै आवद्ध बनाउने पहल भइरहेको बताउँछन् । त्यसबाट व्यवसायी एकजुट भई सम्मान र प्रभाव दुवै हासिल हुनुका साथै राज्यको कर समेत बढ्ने तर्क गर्छन् ।

उनी भन्छन्,‘संघसँग आवद्धताको अनिवार्य कानुनी व्यवस्थाले व्यवसायीको हक हितको संरक्षण हुनाको साथै विना दर्ता व्यवसाय संचालन रोकिन गई राज्यले कर पनि गुमाउनेछैन ।’ व्यवसायीहरू संघमा आवद्ध भए मनोमानी मूल्य नहुने र एउटै मूल्यमा गुणस्तरीय काम हुनसक्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्