Logo

कांग्रेस हुनुको निचोडः हृदयराज उपाध्याय



आज हामी एउटा सानो बिरूवामा अंकुरण भईरहेछौं । तर त्यसमा मलजल र किटाणुनासक अौषधि अलि पुगिरहेको छैन । यसको मतलव हो सहकार्य, समझदारी, टिमवर्क, र नेपाल विधार्थी संघका मेरा समकक्षी साथीहरूको भावी योजना सबैभन्दा पहिले हामीले के बुझ्नु पर्छ भने अहिले हामी कुन नेताको अधीन र टिम भित्र छौं ।

हामीले यी कुनै टिम नेतासँग सहकार्य नगरी त्यो अहिलेको अवस्थामा यो माहोलको कार्यनितिमा चलखेल गर्न गार्हो पर्छ यो स्वभावतः ठिक पनि हो जस्तो मलाई लाग्छ पाटी संगठन भित्र यस्तो कुरालाई हामीले सामान्य रुपमा लिनुपर्छ । र अहिले नेपाल विधार्थी संघमा समावेशी समानुपातिक आरक्षण जस्तो विषय ठिक हो होइन यसको निष्कर्ष निकाल्न अरुबाट होइन अब हामीले सुरुवात गर्नुपर्छ।

अर्को कुरा अहिले जुन संगठनमा भएको दम्भ घमण्ड र एकाधिकार छ त्यस सन्दर्भमा म एउटा उदाहरण दिन चाहान्छुस दक्षिण अफ्रिकाको सन्दर्भलाई नेपालको तुलनामा राख्न सक्नु पर्छ । जब कि नेलशन मण्डेलालाई २७ वर्षसम्म गोराहरूको सरकारले जेलमा थुनि राखेका थिए तर रङ्गभेद र वर्णभेदको लडाईं चलि नै रहेको थियो ।

अन्तमा अन्तर्राष्ट्रिय मानवअधिकार संघ संस्थाले र स्वदेशका जुझारू काला समुदायले नेलशन मण्डेलालाई जेलबाट मुक्त गराएपछि नेलशन मण्डेलाको पार्टी गोराहरूको सरकार र संविधानमै रहेर पार्टी दर्ता गराए त्यै गोराहरूको सरकारले निर्धारित गरेको चुनावी प्रक्रिया अनुसार चुनावी अभियानमा भाग लिएपछी नेलशन मण्डेलाका ७८५ प्रतिशत काला वर्णको भोट प्राप्त गरि उनीहरूलाई गोरा वर्णलाई समाप्त गरि काला वर्णले कालाको पक्षमा राष्ट्र खडा गरि आफ्नो मुक्ति र अस्तित्व खडा गरेको थिए ।

आज उनीहरू शासक र शासित छन् । तर गोराहरूलाई न्युनतम सरकारी पदमा राखेकै छन्, यस्तै गरि हामी पनि संगठनको आन्तरिक लडाइँ लडदै अगाडि बढ्नु पर्छ तर कुनै टिमका नाममा होइन जुनसुकै भए पनि अब हरेक धारका फरक बिचारका साथीहरूले यो लडाइँ लडन जरुरत देखिन्छ ।

अब उपरान्त नेपाल बिधार्थि संघका मेरा समकक्षी साथीहरू पुर्ण रुपमा संगठित हुन आवश्यक छ।ईतिहासमा नेपाल बिधार्थि संघले जुन जिम्मेवारी निभायको थियोे र निभाउने बाचा गरेको छ सो लक्ष्य प्राप्तिका साथै मुलभुत मान्यतामा पनि सहजता र स्वभाविक रुपले उभिनु पर्ने देखिन्छ ।

नेपाल बिधार्थि संघका हरेक योद्धाका लागि आफु भन्दा झण्डा ठुलो ,झण्डा भन्दा सिद्धान्त ठुलो सिद्धान्त भन्दा देश ठुलो हो अर्थात जनता हुन राष्ट्र नभए कुनै कुराको आश गर्न सकिदैन ।यहाँ व्यवस्था सरकार सबै परिवर्तन गर्न सकिन्छ मुलुकमा राजनीति र षड्यन्त्र धेरै छ बिकास थोरै छ रोजगारि भन्दा बेरोजगारी ईमान्दारि भन्दा बढी भष्टाचार बढी छ।

विगतमा संस्थागत मुल्य मान्यताको निम्ति प्रयासरत थियौं र आज परिस्थिति वदलियको छ।बिधार्थि शक्ति केबल चुनावी साधान मात्र नभई मुलुकमा व्याप्त समस्याका प्रति साध्य नै हुनु परेको छ तर अब हामिले त्यसो हुनुहुदैन ।

समाजका विसंगति हटाई क्षमतामुलक समाजको परिकल्पना हाम्रो राजनीतिक यथार्थता बनाउनु पर्छ।सो लाई पुर्ण र सफल पार्न विगतका तिता अनुभवलाई विर्सेर अर्थात विषाक्त मानसिकता बाट टाढा रहेर कर्तव्य तर्फ निष्ठावान रहि कार्यान्वयन तर्फ बढी उनमुख गर्नु गराउनु नेविसंघका युवाहरूको सबैभन्दा ठुलो जिम्मेवारी होला जस्तो लाग्दछ मलाई ।

स्मरण रहोस् हामी फुट्याौ एमालेले यो देशका सबै निकायलाई एमाले भर्ती केन्द्र बनायो हामी जुट्यौ कम्युनिस्टहरूको साम्यवादी षड्यन्त्र चकनाचुर भयो। अहिले देशभरका कम्युनिस्ट एक भएर पनि उनिहरुको चर्तिकला देखेर कम्युनिस्टहरूलाई रत्नपार्कको सडकले पनि घृणा गरिरहेको छ। अब स्थायित्वको युगको चाहाना गर्ने नेपाल बिधार्थि संघका तरुणहरुले हरेक कुराको हरेक समस्यालाई सावधानी पुर्बक हुनुपर्ने आजको परिस्थिति हो।

मलाई आज अनुभव भईरहेको छ आज मुलुक नेपाल बिधार्थि संघले नै हाकिरहेको छ ।दुनियाँको कुनै संगठन छैन होला स्थापनाका ५० बर्ष भित्र प्र ,म,सभामुख ,लगायत थुप्रै सासंद जनप्रतिनिधि र राष्ट्रिय स्तरको नेतृत्व उपार्जन गर्न सक्ने ।नेपाल बिधार्थि संघका भु।पु नेताहरूले हिजो आज साशनको बागडोर सम्हालेका छन सम्मालेका थिए।

यो नेपाल बिधार्थि संघका तरुणहरुको लागि सबैभन्दा खुशीको कुरा हो।नेपाल बिधार्थि संघ नेपाली कांग्रेसको भातृसंस्था मात्र होईन नेपाली कांग्रेसको फ्याक्ट्रि पनि हो जहाँबाट थुप्रै राजनेता र योद्धा पनि जन्मन सक्दा रहेछन जुनकुरा आज सावित भयको छ।र यो फ्याक्ट्रिमा खिया लागेको दिन कुनै केही कोहि उपार्जन हुन सक्दैनन् भन्ने तथ्य कुरा पनि सबैले बुझ्न सक्नुपर्छ । यसलाई बढी भन्दा बढी परिमार्जन र गतिशील बनाउन र बन्ने प्रयास सबैबाट हुनुपर्दछ।

नेपाल बिधार्थि संघकै अथक परिश्रम र प्रतिवद्धताको शङ्खघोषले आज सडकमा महाविधालयहरुमा कलम मशाल अंकित झण्डा फहराउन सफल भएको छ।बिगतबाट सबैले सवक लिनुपदर्छ नेपाल बिधार्थि संघका हरेक योद्धाहरुको अनुहारमा प्राप्त स्मरणीय सहिद राम लक्ष्मण जस्तै भातृ प्रेम र विरताले भरियको हुनुप्रदर्छ।

मलाई बिपि कोईरालाको एउटा वाक्य सधै स्मरण हुन्छ के भने मानिस ठूलो होइन असल हुनुपर्दछू।ठूलोले त अहकार जन्माउछ र अन्तमा गयर ध्वस्त हुन्छ तर असलले महान्ता जन्माउछ अन्त्यमा जसले निर्माण गर्दछ जुन कुरालाई अंगिकार गरि बर्तमान परिस्थिति संग कडा मुकाविला गर्ने अठोट नेपाल बिधार्थि संघले लिनुपर्छ यसैमा मुलुकको र हरेक प्रजातन्त्रवादीको हित छ।

अन्यमा निरङ्कुशता,अस्थिरता,राणा शासन,पञ्चायत,राजको निरङ्कुश शासन,सामाजिक पछौटेपन,अशिक्षा,गरिबी र छुवाछूतको बाक्लो बादलमुनि छोपिएको मेरो देशलाई उज्यालोमा लैजाने काम नेपाली काँग्रेसको नेतृत्वमा भयो।काँग्रेस बिचार,आन्दोलन रुपान्तरणको प्रतिक हो, र अहिलेसम्म यी सबै कुराको नेतृत्व काँग्रेसले गर्दै आईरहेको छ। बिचार, पद्धति, संगठन निर्माण,सुचनाको चेतना र नागरिक संलग्नता सँग विश्वलाई जोडने काम पनि काँग्रेसले नै गरेको हो। यि सबै कुरा बुझेर निचोड निकालेर हामी काँग्रेस भएका हौं। जय नेपाल ।

‘लेखक नेविसंघका नेता हुन ।’



प्रतिक्रिया दिनुहोस्