Logo

भारत र चीनका विदेश मन्त्रीद्धारा परराष्ट्र मन्त्री ज्ञवालीलाई बधाई



काठमाडौँ, ४ चैत : नेपालको परराष्ट्र मन्त्रीमा प्रदीप ज्ञवाली नियुक्त हुनुभएकामा भारत र चीनका विदेश मन्त्रीले बधाई ज्ञापन गर्नुभएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत र चीनका विदेश मन्त्रीहरुले आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका विदेश मन्त्री श्रीमती सुष्मा स्वराजले परराष्ट्र मन्त्री ज्ञवालीको कार्यकालमा भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धका साथै आर्थिक सामाजिक विकास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसैगरी चीनका विदेशमन्त्री वाङ यी ले मन्त्री ज्ञवालीलाई पठाउनुभएको बधाई सन्देशमा द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभका क्षेत्रमा निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्