Logo

तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा : पूर्वराजा ज्ञानेन्द्र



चैत ६, काठमाण्डौ । राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेका राप्रपाहरु तीन तिर छन् । जुट्दै फुट्दै गरेका राप्रपालाई एकजुट बनाएर पुनः राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा सशक्त बनाउने अभियानमा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय भएको बुझिएको छ ।

गणतन्त्र आएलगत्तै राजसंस्थाको पक्षमा खुलेरै सक्रिय भएका कमल थापा पछिल्लो समय कमजोर बनेपछि ज्ञानेन्द्र नयाँ योजनाको खोजिमा छन् ।

सोमबार ज्ञानेन्द्रले झापामा राप्रपाका नेता वुद्धिमान तामाङलाई भेटेर तीन वटै राप्रपाबिच एकता गर्न सुझाब दिएका छन् ।

अहिले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहोनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी छन् ।

तीनै नेतालाई मिलाएर पार्टी गर्न र नेतृत्व नयाँ व्यक्तिमा सारेर आफ्ना एजेण्डा प्रभावकारी रुपमा अघि बढाउन ज्ञानेन्द्रले सल्लाह दिएको तामाङले बताए ।

ऋषि धमलासँग कुरा गर्दै तामाङले तीनै दलका नेतृत्व तह असफल जस्तै भएकाले अब थापा, राणा र लोहोनीले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सुझाब ज्ञानेन्द्रले दिएको बताए ।

एकतावद्ध भएर हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डामा जनमत सग्रह गर्ने गरी अघि बढ्न पूर्वराजा ज्ञानेन्द्रले दबाबसमेत दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्