Logo

गृहमन्त्री थापाद्धारा केन्द्रिय कारागारको निरीक्षण, कारागार तत्काल सुधार योजना ल्याउने प्रतिबद्धता (भिडियोसहित)



काठमाडौं, ६ चैत्र। गृहमन्त्री रामबहादुर थापाले आज विहानै सुन्धरास्थित् केन्द्रिय कारागारको निरिक्षण गरेका छन् । उनले कारागार सुधारका लागि आवश्यक योजना तत्काल ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री थापाले मंगलबार विहान कारागारको निरीक्षण गरेलगत्तै संचारकर्मीमाझ कारगार सुधार योजना तत्काल ल्याउने प्रतिक्रिया दिएका हुन् ।

मन्त्री थापाले केन्द्रिय कारगारमा ठूलो सुधारको आवश्यकता रहेको पनि बताए । ठाउँ सानो तर कैदी धेरै भएको पाइएको उल्लेख गर्दै यसको सुधारका लागि तत्काल काम सुरु गर्ने योजना पनि सुनाए ।

उनले केन्द्रिय कारगारको सुधारका लागि तत्काल भौतिक संरचना निर्माण कार्य सुरु गर्ने पनि बताए । गृहमन्त्री थापाले केन्द्रिय कारगारमा कैंदी र बिरामी कैंदीलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्ने आश्वासन दिए ।

निरीक्षणका क्रममा कैदीहरुले विरामीहरुलाई समेत कैदी सरह व्यवहार गर्ने गरेको गुनासो गरेपछि उनले अव छुट्टाछुट्टै बाससहितको व्यवस्था गर्ने बताए ।

केन्द्रिय कारगार १ सय ४ वर्ष पूरानो कारगार हो । सरकारले यसको भौतिक संरचना निर्माण गर्ने प्रतिवद्धता पटक–पटक व्यक्त गर्दै आएपनि कार्यान्वयनमा भने ल्याउन सकेको छैन ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्