Logo

मापदण्डविपरीत १० हजार सैनिक ब्यारेक



काठमाडौं ७ चैत । नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ । भवन निर्माण सम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सोनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो ।

भद्रकालीस्थित सैनिक मुख्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

यसरी व्यवसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउनु कानुनको उल्लंघनमात्र नभइ प्राकृतिक प्रकोपका बेला असुरक्षित हुने डर पनि रहने जानकारहरु बताउँछन् ।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसार भवन संरचना बनाइएका कारण नक्सापास हुन नसकेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्