Logo

विकिनी वडी बनाउँदै नायिका बर्षा सिवाकोटी



काठमाडौं, ७ चैत । नायिका बर्षा सिवाकोटी विकिनी वडी बनाउने अभ्यासमा लागेकी छन् । विगत १ महिनादेखि बर्षा जिमखाना धाइरहेकी छन् । पाँच केजी त घटिसक्यो’, जिम गएपछिको उपलब्धी बारे बर्षा सुनाउँछिन् ।फिल्म ‘भैरे’ सुटिंगताका बर्षा मोटाएर ५५ केजी भएकी थिइन् ।

‘मोटाउँदा त पिर लाग्ने रैछ’, बर्षा भन्छिन्, ‘जिम गएदेखि ज्यान घटिराछ । खुसी पनि लागिराछ ।’ एक महिनामै पाँच केजी वजन घटेपछि बर्षा विकिनी वडी बनाउन तर्फ लम्किएकी हुन् । ६ महिना भित्रमा आफ्नो वडी विकिनी सेपमा आउने उनको अपेक्षा छ ।

उसो त जिम गएर मात्रै ज्यान नघट्ने बर्षा सुनाउँछिन् ।‘खानपिन पनि बार्नु पर्छ नि’, बर्षाको भनाई छ, ‘जिम त छोड्नै भएन ।’ ‘जय शम्भु’को सुटिंगमा रहेकी बर्षा अभिनित भैरे फिल्म प्रदर्शनको क्रममा छ भने विर विक्रम २ मा पनि उनी अनुबन्धित भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्