Logo

कांग्रेस कोषाध्यक्षहरुको सम्मेलन सुरु, शीर्ष नेताहरु एउटै मञ्चमा, गुटगत राजनीतिको अन्त्य हुने अपेक्षा



चैत ७, काठमाण्डौ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु भएको छ ।

कांग्रेस तनहुँ जिल्ला कोषाध्यक्ष रेशम गुरुङले भेलामा पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी भएको बताए ।

भेलाले कांग्रेसभित्रको गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन महत्वपूर्ण भूमिका खेल्ने गुरुङको भनाई छ ।

जननायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसर बनाएर आयोजना गरिएको सम्मेलन आजबाट शुरु भई भोलि बन्द सत्रसहित प्रशिक्षण र ९ गते रसुवाको स्याफ्रुबेंसीमा समीक्षा बैठकसहित सम्पन्न हुने छ ।

अन्तिममा पत्रकार सम्मेलन गरी सयुक्त घोषणापत्र जारी गरिने गुरुङले जानकारी दिए ।

पार्टीका कोषलाई बढी व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन भेला केन्द्रित हुने उनको भनाई छ । कांग्रेसलाई अझ बढी सबल, सुदृढ र सक्षम बनाउनका लागि पनि यो सम्मेलनले सहयोग पुर्याउने छ । सम्मेलनले पार्टीको भावी रणनीतिसमेत तय गरिने छ । गुरुङले भने ।

उद्घाटन सत्रपछि कोषाध्यक्षहरुलाई काँग्रेस निकट वुद्धिजीवीहरुले प्रशिक्षण दिने कार्यक्रम छ । राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल , राजनीतिक शास्त्रका पुर्व प्राध्यापक देवराज चालिसे, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा , सिन्धुली सभापति उज्वल वराल र दिव्यराज राजभण्डारीले प्रशिक्षण दिनेछन् ।

भेलामा काँग्रेस सभापति शेर वहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्वोधन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्