Logo

दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक



काठमाडौ, ८ चैत । नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको दोस्रो फान अवार्ड २०७३ को मनोनयन आज सार्वजनिक गरिएको छ ।

राजधानीमा आज आयोजित विशेष कार्यक्रममा २४ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।  जसमा २०७३ सालमा रिलिज भएका चलचित्रहरु मध्य छक्का पञ्जा २० वटा विधामा मनोनयन परेको छ भने जात्रा चलचित्र १२ वटामा मनोनयन परेको कार्यक्रममा जानकारी गराइएको छ ।

यसैगरी शान्ति मास्को राष्ट्रिय पुरस्कारको रकम यस पटक देखि नेपाल चलचित्र कलाकार संघ अमेरिका च्याप्टरले प्रायोजन गरेको छ । अवार्ड वितरण आगामी १६ गते काठमाडौको आर्मी अफिसर्स क्लबमा आयोजना हुने छ ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी निर शाहले यस्ता अवार्डले नेपाली कलाकारको क्षमताबृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले देश संघियतामा गएजस्तै कला क्षेत्रलाई पनि एक अर्कासँग समन्वय गराएर अघि बढ्नु पर्नेमा सुधाव दिनुभयो ।

नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले कला र विज्ञापन क्षेत्र एक अर्काको परिपुरक भएकाले आगामी दिनमा पनि आन र आफूले नेतृत्व गर्ने संस्था ‘की एडभरटाईजिङ’ सँगै अघि बढ्न तयार रहेको बताउनुभयो ।

अध्यक्ष रामकेशर बोगटीले गत बर्ष जस्तै आगामी १६ गते काठमाडौको आर्मी अफिर्सस क्लबमा आयोजना हुन लागेको अवार्डलाई सभ्य र भव्य बनाउन सवैसँग आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्