Logo

उपसभामुख तामाङ गाई काट्ने पक्षमा, मासु खान पाउने विधिवत नियम बनाउनुपर्ने माँग



काठमाडौं, ९ चैत्र । प्रदेश ३ की उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गर्न पाउनुपर्ने बताएपछि अहिले चौतर्फी यसको विरोध भएको छ । उनले सनसनीपूर्ण अभिव्यक्ति दिएको भन्दै अहिले विरोध भएको हो ।

तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुर जिल्लाका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न हिजोमात्र गृहमन्त्री रामबहादुर थापासमक्ष माग गरेकी थिईन् ।

उनले तामांग समुदायले ऐतिहासिक कालदेखि नै गाईगोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने व्यबस्थालाई परिमार्जन गरि विधिगत हिसावबाट उनीहरुमाथिको अन्याय हटाउनुपर्ने बताएकी थिईन् ।

नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी थिईन ।
गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।



प्रतिक्रिया दिनुहोस्