Logo

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्धारा ईटाली पराजित



काठमाडौं, १० चैत । आगामी विश्वकप फुटबलका लागि भएका मैत्रीपूर्ण अन्तर्रा्ष्ट्रिय खेलमा अर्जे्न्टिना, पोर्चुगल र ब्राजिल विजयी भएका छन् ।

यस्तै, इंग्ल्याण्डले नेदरल्याण्डसलाई १ शून्यले हराउँदा जर्मनी र स्पेनले बराबरी खेलका छन् । गएराति भएका मैत्रीपूर्ण खेलमा इङ्गल्याण्डलाई जिताउन लिंगार्डले ५९ औं मिनेटमा गोल गरे ।

आर्मस्र्डममा आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय गोल गर्दै लिंगार्डले इग्ल्याण्डको अपराजित खेलको संख्या ७ पु¥याएका हुन् । गएराति नै भएको अर्को खेलमा जर्मनी र स्पेनले भने बराबरी खेलेका छन् ।

छैटौ मिनेटमै रोड्रिगोको गोलमा स्पेनले अग्रता लिएपनि ३५ औँ मिनेटमा मुलरले बराबरी गोल फर्काए ।

दुवै टोली युरो कप २०१६ पछिका सबै खेलमा अपराजित छन् । अहिलेसम्म जर्मनी लगातार अपराजित रहेको खेल संख्या २३ पुगेको छ भने स्पेन १७ खेलमा अपराजित छ ।

यसैगरी, इग्ल्याण्डको म्यान्चेष्टर शहरमा भएको खेलमा अर्जे्न्टिनाले इटालीलाई २ शून्यले हरायो । ७५ मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेको खेलमा अर्जे्न्टिनाका लागि बेनेगाले पहिलो गोल गरे ।

त्यसको १० मिनेटमा लान्जिनीले अर्को गोल थप्दै जित निश्चित गरेका थिए । यता, फ्रान्सले कोलम्बियासँग ३(२ ले पराजय व्यहोरेको छ ।

पहिलो हाफमा २–१ को अग्रता कायम गरेको फ्रान्स विरुद्ध कोलम्बियाका लुइस मुरिएल, राडामेल फाल्काओ र जुवान कुइन्टेरोले एक एक गोल गर्दै जित दिलाए ।

फ्रान्सका ओलिभर जिरुड र थोमस लेमरले एक एक गोल गरे पनि जित दिलाउन सकेनन् । उता, पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोको २ गोल मद्धतले इजिप्टलाई २ –१ ले हराएको छ ।

९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२ औं मिनेटपछि एकपछि अर्को गर्दै दुई गरी पोर्चुगललाई विजयी बनाए । इजिप्टका तर्फबाट भने मोहम्मद सलाहले गोल गरेर अग्रता दिलाएका थिए ।

ब्राजिलले भने रुसलाई ३ शून्यले हराएको छ । ५३ मिनेटसम्म गोल गर्न नसकेको ब्राजिलले १३ मिनेटमा तीन गोल गर्दै जीत हात लगायो ।

स्टार खेलाडी नेइमार बिनै मैदान उत्रेको ब्राजिलका लागि मिराण्डाले ५३ औं मिनेटमा गोलको खाता खोले भने कोटिन्होले ६२ औ मिनेटमा पेनाल्टीमार्फत् तथा ६६ औ मिनेटमा पाउलिन्होले तेस्रो गोल गरेका थिए ।

विश्वकप फुटबलको आयोजक रुसले भने एक गोल पनि फर्काउन सकेन । अरु खेलमा टर्कीले आयरल्याण्डलाई र कोष्टारिकाले स्कटल्याण्डलाई समान १ शुन्यले हराएका छन् ।



प्रतिक्रिया दिनुहोस्