Logo

नेतृत्व कमजोर हुँदा कार्यकर्ताले काम पाएनन : सिंह



काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा निर्वाचनमा पराजय भोगेको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले दुई पार्टी मिलेर कांग्रेस हारेको भन्नु तर्कमात्र भएको उनको भनाइ थियो । नेता सिंहले निर्वाचन भएको दुई महिनामा पदाधिकारी, केन्द्रीय समिति र विभाग गठन गर्नुपर्ने भए पनि पार्टी नेतृत्वबाट उक्त काम हुन नसक्दा धेरै कार्यकर्ताले काम नपाएको बताए ।

केन्द्रीय सदस्य डा प्रकाशशरण महतले कांग्रेसभित्र वृहद एकता आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले एउटै व्यक्तिलाई बारम्बार अवसर दिने र पार्टी र संगठनमा काम गरेका व्यक्तिलाई अवसरबाट वञ्चित गर्दा पार्टी कमजोर बन्दै गएको बताए । केन्द्रीय सदस्य अम्बिका बस्नेतले इकाइदेखि केन्द्रसम्मका व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्न लागेमात्र पार्टीलाई बलियो बनाउन सकिने बताए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्