Logo

सलामीको दोस्रो गजल सङ्ग्रह‘रानीचडा’को विमोचन



काठमाडौं, ८ बैशाख । लोक प्रिय गजलकार बिपीन सलामीको दोस्रो गजल संग्रह ‘रानीचडा’को बिमोचन गरिएको छ । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, करुण थापा र रूपक वनवासीले संयूक्त रुपमा बिमोचन गरेका हुन ।

राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा सांग्रिला बुक्स हाउसले आयोजना गरेको उक्त पुस्तक बिमोचन कार्यक्रममा वरिष्ठ गजलकार पौडेलले प्रसस्त रुपमा गजल लेख्नेहरु भएपनि गजलको उचित विकास हुन नसकेको स्वीकार गरेका छन् ।

उनले भने,‘मेरो सम्झना नेपालको जनसंख्या ७० लाख थियो आजको दिनमा तीन करोड बढि छ, त्यस्तै गजल लेख्ने सर्जकहरु धेरै छन् तर बिपिन जस्तो राम्रो गजल लेख्ने मानिस कम छन्, म त उनको निक्कै ठूलो प्रसंशक हुँ ।’

त्यस्तै करुण थापाले बिपीन सलामीका गजल र लेखक सलामीको गजल यात्रा दुर रहेको टिप्पणी गरेका थिए । त्यस्तै रुपक वनवासीले लेखक बिपीनको पुस्तकमा समावेश ९१ वटा गजल सशक्त रहेको र उत्प्रेणाका स्रोत बन्ने जिकिर गरे ।

कार्यक्रममा गजलकार सलामीले केही गजलहरु वाचनसँग प्रकाशक, आयोजक र उपस्थित महानुभावलाई धन्यवाद ज्ञापन प्रकट गरेका थिए । गजलकार सलामीका कैफियतसँगै गजल कृति ‘मैले देखेको दुनियाँ’ पनि उत्ति कै लोकप्रिय बनेका थियो ।



प्रतिक्रिया दिनुहोस्