Logo

तिहार अघिको अन्तिम कारोबारका दिन नेप्सेमा हरियो झण्डा, यस्तो छ विवरण



१ कात्तिक, काठमाण्डौ । बुधबार कारोबारको पहिलोसत्रमा घट्दो क्रममा देखिएको बजार बन्द हुँदा ९ दशमलब एक सात अंकले बढेर १ हजार ५ सय ६८ विन्दुमा आइपुगेको छ । यसअघि सोमवार बढेको बजार सरकारबाट माओवादी बाहिरिने, चुनाव सर्न सक्ने खबरहरु आएपछि मंगलवार घटेको थियो । बजार बढेर बन्द हुँदा यसले तिहारपछि पनि बजार बढ्ने अपेक्षा लगानीकर्ताहरुलाई गराएको छ ।

बुधवार तिहार अघिको अन्तिम कारोबार हो । तिहारपछि बजारमा अहिले जस्तो सेयर आपुर्तीको चाप नहुने अनुमान सरोकारवालाहरुले गरेका छन् । चुनाव र सरकारको सम्बन्धमा भावि दिनमा आउने खबरहरुले भने बजारमा तरंगहरु आइरहने सम्भावना भने छ । हाल बैंकहरुले निक्षेपको व्याजदर थप घटाइरहेकोले पनि बजारमा लगानीकर्ताको आकर्षण बढ्ने मानिएको छ ।

अझै कतिपय संस्थाहरुबाट लाभांश तथा लाभांश प्राप्त गर्न सकिने दिन बुक क्लोज घोषणा हुन बाँकी रहेकोले पनि बजार वृद्धि हुनेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् । त्यस्तै, चुनाव सम्पन्न हुन सकेमा बजारमा २ सयसम्म वृद्धिको अपेक्षा विश्लेषकहरुले गरेका छन् । साताको सुरु देखिनै उतारचढाव भइरहेको सेयर बजारमा बुधबार सूधार देखिएको हो । बुधवार नेपाल स्टक एक्सचेन्जमा नौ दशमलब एक सात अंकले वृद्धि भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसुचक एक हजार पाँच सय ६८ दशमलब तीन पाँच अंकमा पुगेको छ ।

बुधबार समग्रमा बजार शुन्य दशमलव पाँच नौ प्रतिशतले बढेको हो । १४५ कम्पनीको ११ लाख एघार हजार १ सय ३० कित्ता सेयर ४३ करोड २५ लाख ५ हजार ४० रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर तीन हजार तीन सय ३१ पटक शेयर किनबेच भएको थियो । बुधवार कारोबार भएका आठ वटै समुहको परिसुचक सकारात्मक दिशामा गएको छ । सबैभन्दा बढि बिमा समुहको परिसुचक ९७ दशमलब चार आठ अंकले बढेको छ भने सबैभन्दा कम होटल समुहको तीन दशमलब छ नौ अंकले बढेको छ ।

बजारमा कारोबार सूरु भएको समयदेखिनै ओरालो लाग्न सुरु गरेको बजार करिव एक बजेवाट पून क्रमिक रुपमा उकालो लाग्न थालेको थियो । नेपाल स्टक एक्स्चेन्जले ३८ कम्पनिलाई शुल्क नबुझएको भन्दै कारवाहि गरेपछि कूल ए सय ४५ कम्पनिको मात्र कारोबार भएको थियो । बुधवार भने सेयर बजारमा कारोबार रकम घटेको छ । नियमित कारोबार हुने लगभग १४ कम्पनीको सेयर कारोबार मध्यसम्म खुला नभएकोले पनि बजारमा कारोबार रकम घटेको हो ।

४३ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको हो भने कारोबार भएका कम्पनीको संख्या अघिल्लो दिनको तुलनामा केही घटेर १ सय ४५ मा सिमित भएको छ । नविकरण शुल्क समयमा नबुझाउदा ती कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । शुल्क प्राप्त हुने वित्तीकै नेप्सेले कारोबार खुला गरिदिने गरेको छ । बजारमा रहेका सबै समूहगत परिसूचक बढेको छ ।।



प्रतिक्रिया दिनुहोस्