Category: अर्थ/कर्पोरेट

आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा सरकारले बाँड्यो ८३ करोड रुपैयाँ
१७ पुस, काठमाण्डौ । सरकारले एक बर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ । सर्वसाधारणले यस्ता कार्यको जति नै विरोध गर्दै आए पनि सरकारले दलका नेता कार्यकर्तालार्य नियमविपरित राज्य कोषबाट करोडौं रुपैयाँ बाँड्न छाडेको छैन । पछिल्लो समय सरकारले तत्कालीन राजा ज्ञानेन्द्र … पुरै पढ्नुहोस

नेपालमा चिनियाँ लगानी विस्तार हुँदै, चार आवमा मात्रै ७० अर्व लगानी प्रतिवद्धता
१६ पुस, काठमाण्डौ । पछिल्ला आर्थिक वर्षहरुमा नेपालमा चिनियाँ लगानी बढ्दै गएको छ । तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा १३ ठूला परियोजनामा चीनबाट ७० अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । आर्थिक वर्ष २०७१–०७२ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा यो परिमाणको लगानी प्रतिवद्धता आएको हो । उद्योग विभागका अनुसार … पुरै पढ्नुहोस

तेह्रथुममा सुन्तला उत्पादनमा कमी
तेह्रथुम, १५ पुस : यस वर्ष तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको जस्तो सुन्तला नफलेको किसानले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र फल लाग्ने सिजनमा असिना, पानी र रोगको संक्रमणका कारण यस वर्ष सुन्तला नफलेको किसानले बताए । … पुरै पढ्नुहोस

मुसहर बस्तीमा राहत वितरण
महोत्तरी, १५ पुस : करिब दुई सातायता अत्यधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काम्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका–७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् । शीतलहरबाट बच्नका लागि काठमाडौँस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शुक्रबार सो बस्तीमै गएर करिब रु १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ … पुरै पढ्नुहोस

फाकफोकथुमको बजेट रु २६ करोड ५१ लाख
इलाम, १५ पुस (रासस) : फाकफोकथुम गाउँपालिकाको प्रथम गाउँसभाले चालु आव २०७४÷०७५ का लागि रु २६ करोड ५० लाख ५८ हजार ३८९ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूँजीगत खर्चतर्फ रु १५ करोड ७७ लाख १५ हजार र चालु खर्चतर्फ रु १० करोड ७३ लाख ३७ हजार ३८९ छुट्याइएको छ । गाउँपालिकाले कृषि, पशु, … पुरै पढ्नुहोस

संघीयताको समृद्धिमा सहकारीको मुख्य भूमिका
काठमाडौँ, १४ पुस : नेपालको संविधानअनुसार अपनाइएको संघीय शासन व्यवस्था सञ्चालनमा सहकारीको महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । सहकारीको ‘मोडल’मा आधारित भएर नै संघीयताको प्रादुर्भाव भएकाले सोही अवधारणामा रहेर प्रदेश–प्रदेशबीचमा आपसी सहकार्य तथा प्रदेशभित्रको आर्थिक सवलीकरण गर्न सकिने अपेक्षा गरिएको हो । तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संघीय संरचनाको राजनीतिक संरचना पूरा भएको छ … पुरै पढ्नुहोस

दलित तथा विपन्न परिवारलाई १७३ घर बनाउँदै जनता आवास
डडेल्धुरा, १४ पुस : जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ । जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम शुरु भइसकेकाले चालू आवमै निर्माण सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले … पुरै पढ्नुहोस

ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग
काठमाडौँ, १४ पुस : नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि प्रदर्शन गरेको हो । … पुरै पढ्नुहोस

यातायात व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन माघ १७, १८ र १९ गते चितवनमा हुने
काठमाडौं, १४ पुस । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन माघको १७, १८ र १९ गते चितवनको नारायणगढमा हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय कमिटीको आज बसेको बैठकले महासंघको ५औं राष्ट्रिय महाधिवेशन माघको १७, १८ र १९ गते चितवनको नारायणगढमा गर्ने निर्णय गरेको हो । बैठकले महासंघका का.वा. अध्यक्ष डोलनाथ … पुरै पढ्नुहोस

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने
काठमाडौँ, १३ पुस (रासस) :विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो । मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई … पुरै पढ्नुहोस