सीईओ सुशील ज्ञवालीलाई आज हटाउने तयारी, मन्त्रिपरिषद बस्दै

2017/01/11 7:03:05 AM

Shares

काठमाडौं २७ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका विषयमा आज निर्णय लिने भएको छ । आज बस्ने मन्त्रिपरिषद ठकमा छलफल गरेर निर्णय लिइनेछ । उनका विषयमा मात्रै छलफल गर्न बैठक बोलाइएको छ । उनको स्पष्टिकरणको समिक्षा गरेर निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान ११ बजे बस्ने बैठकमा ज्ञवालीले दिएको २४ घण्टे दोस्रो स्पष्टीकरणबारे छलफल हुनेछ ।

छलफलपछि जवाफ चित्त नबुझे हटाइएको निर्णय हुनेछ । सीईओ ज्ञवालीले भूकम्पमा भत्केका भौतिक संरचना पुनर्निर्माण र पीडितलाई घर पुनर्निर्माण अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्षका साथ मन्त्रिपरिषद् उनीप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई लिखित स्पष्टीकरण मागेको थियो ।

ज्ञवालीले दोस्रो स्पष्टीकरणको जवाफसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइसकेका छन् । कांग्रेसले सीईओमा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलको नाम अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार