मन्त्री निधि र थापावीच द्धन्द्ध, थापालाई एक नम्बर दिने प्रचण्ड–देउवाको तयारी !

2017/03/20 1:53:08 PM

काठमाडौं, ७ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा राप्रपा अध्यक्ष कमल थापाको ईन्ट्रीले एक पछि अर्को गरि नेपाली राजनीति तरँगति तुल्याएको छ।

राप्रपा एकता महाधिवेशनपछि पार्टीका अध्यक्ष बनेका थापा सरकारमा हालै मात्रै सहभागी भएका हुन्। थापा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्रीका रुपमा सरकारमा सहभागी भएका छन्। यसअघि पनि थापा केपी ओली सरकारमा उपप्रधान् एवम् परराष्ट्रमन्त्री भैसकेका छन्।

थापाले आफूलाई उपप्रधानमन्त्रीमा पहिलो वरियताक्रममा राख्ने सहमतिका साथ प्रधानमन्त्रीले आग्रह गरेकोले सरकारमा सहभागी भएको जिकिर गरेका छन्।

तर प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका विमलेन्द्र निधिले आपूmलाई नै पहिलो नम्बर वरियतामा राख्नुपर्ने अडान लिएका छन्।

दुई उपप्रधानमन्त्रीवीच को पहिलो नम्बरको उपप्रधानमन्त्री भन्ने विवाद अहिले चुलिएको छ। निधिले हिजोमात्रै यसबारेमा प्रधानमन्त्री दाहालको ध्यानाकार्षण गराएका छन्। उनले आफूलाई एक नम्बर वरियताक्रम नदिए परिणाम राम्रो नआउने चेतावनी दिएका छन्।

त्यतिमात्रै नभएर मन्त्री निधिले यसबारेमा पार्टी सभापति शेरबहादुर देउवालाईपनि भेटेर आफ्नो असन्तुष्टि पोखेका छन्। तर देउवाले भने यसबारेमा खासै चासो देखाएका छन्। देउवा निकट स्रोतका अनुसार मन्त्री निधिसँग अहिले देउवा रुष्ट बनेका छन्। आईजीपी नियुक्तीमा मन्त्री निधिले आफूलाई नसघाएको बरु उल्टै आफू विरुद्ध चलखेल गरेको भन्दै तिव्र आक्रोश पोख्न थालेका छन्। भित्री रुपमा देउवा निधिलाई फिर्ता बोलाउन चाहन्छन्।

मर्यादाक्रममा आफूलाई नै पहिलो नम्बरमा राख्नुपर्ने भन्दै निधिले चलखेल गर्न थालेपछि अर्का उपप्रधानमन्त्री कमल थापाले पनि आफूलाई पहिलो नम्बरमा नराखिए ठिक नहुने भन्दै आज विहान प्रधानमन्त्री दाहाललाई फोनमा गुनासो पोखे । यसबारेमा विवाद मिलाउनको लागि आज र भोलिमा सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रवीचको बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार