मधेशी मोर्चाको नयाँ रणनीति : चुनावमा भाग नलिने, नबिथाल्ने !

2017/03/20 6:16:52 PM

काठमाडौं, ७ चैत्र। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अहिले नयाँ रणनीति लिएको छ। संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा भाग नलिने भनेर अड्डी कसिरहेको मोर्चाले अहिले नयाँ रणनीति लिएको छ।

मधेशी मोर्चाका शीर्ष नेताहरु सम्मिलित आन्तरिक बैठकले अब कसरी अघि बढ्ने भन्नेबारेमा नयाँ रणनीति बनाएको छ। मोर्चाले बनाएको नयाँ रणनीतिमा झापादेखि कञ्चनपुरसम्मका केही भागहरु मधेश प्रदेशमा नआएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने भएको छ।

स्रोतले भन्यो,‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा उल्लेखित चारवटै विषय पारित भएपनि हामी चुनावमा जान सक्दैनौं, किनकी हाम्रो माँग भनेको नै झापादेखि कञ्चनपुरसम्म केही भुभागहरु मधेश प्रदेशमा राख्नुपर्छ।’ मोर्चाले झापादेखि–कैलालीका केही भुभाग मधेश प्रदेशमा परेन भने चुनावाम नजाने, तर चुनाव नबिथोल्ने रणनीति लिएको छ।

मोर्चाको आन्तरिक बैठकमा सिमांकनबाहेक अरु प्रस्ताव पारित भएपनि चुनावमा नजाने तयारी भएको एक नेताले जानकारी दिए।
ऋषि धमलासँगको कुराकानीमा मोर्चाका शीर्ष नेता अनिल झाले भने,‘अहिले चुनावमा जाँदा हामीलाई केही फाईदा छैन, झापादेखि कञ्चनपुरका केही भूभाग मधेश प्रदेशमा ल्याउन सकिएन भने हामी चुनावमा जाँदैनौं, तर यदि अहिले चुनाव बिथोल्दैनौं।’ कार्यदलले केही न केही सहमति गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार