स्थानियतहका उम्मेवार तोक्नमाओवादी अगाडी, यस्तो बनायो मापदण्ड

2017/03/20 10:41:48 AM

काठमाडौँ, ७ चैत । स्थानीयतहको निर्वाचनकालागि नेकपा (माओवादी) केन्द्रले सबैभन्दापहिलाउम्मेदवार तय गर्ने तयारी गरेको छ । त्यसकालागि केन्द्रमाआन्तरिक तयारी तीव्र छ । निर्वाचनआउनकरिब दुई महिनामात्रबाँकी रहँदामाओवादीले उम्मेदवार छनोट र घोषणापत्र निर्माण केहीदिनभित्रै सक्ने बताइएको छ ।

माओवादीले देव गुरुङको संयोजकत्वमानिर्वाचन परिचालन समितिबनाएको छ । समितिअहिले सबै काम छाडेर त्यसमा नै केन्द्रित देखिएको छ । प्रवक्तापम्फा भुसालले सोमबार निर्वाचन परिचालन समितिको बैठक बस्ने जानकारी दिइन । तत्कालीन संविधान सभाको निर्वाचनमाअनपेक्षितहार बेहोरेको माओवादीले यसपटक निश्चित मापदण्ड बनाएर मात्रउम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ ।

यसपटक उम्मेदवार छनोटको सम्पूर्ण अधिकार स्थानीय समितिलाई दिने मापदण्ड तयार गरिरएको छ । संयोजक देव गुरुङले पनितल्लो तहबाट आउने सिफारिसलाई प्रमुखआधार मानेर उम्मेदवार तय गर्नेगरी कार्यविधीतयार भइरहेको जानकारी दिए। गनिर्वाचनहुन ६० दिनमात्रबाँकी रहे पनिअहिलेसम्मकुनै पनिदलले उम्मेदवार तोकिसकेका छैनन् । माओवादी केन्द्रको झापाको दमकनगरपालिकालगायतका केही स्थानमा स्थानीय पार्टी आफैँले उम्मेदवार तय घोषणा गरेर प्रचार नै थालिसकेको छ । दमकको समितिले चार दिनअघि पार्टी केन्द्रले मापदण्ड नै बनाउनुभन्दा अघि नै औपचारिक कार्यक्रम गरेर उम्मेदवार घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार