अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने

2017/03/20 12:55:18 AM

काठमाडौँ, ७ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो ।

चैत ३ गतेको निर्णयबारे आज मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार