मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रचण्ड, गच्छदार र थापालाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउने !

2017/01/11 6:52:35 PM

Shares

काठमाडौं, २७ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन्। संविधान संशोधन विद्येयक सदनमा टेबुल गरेसँगै प्रधानमन्त्री दाहाल दुई तिहाई जुटाउने उद्देश्यसहित मन्त्रिपरिषद विस्तार गर्ने भित्री तयारीमा लागेका छन्।

संशोधन विद्येयक जसरीपनि पारित गर्ने रणनीतिमा सरकार रहेको छ। यही उद्देश्य पूरा गर्नको लागि संसदमा रहेका कमल थापा नेतृत्वको राप्रपा र विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउने तयारीमा प्रधानमन्त्री दाहाल लागिपरेका छन्। प्रधानमन्त्री दाहालले दुई नेतालाई सरकारमा ल्याउनको लागि थप दुई उपप्रधानमन्त्री समेत थप्ने तयारी गरेका छन्। त्यसो भयो भने अहिलेको मन्त्रिपरिषदका केही मन्त्रीहरु फेरबेदल नै हुने भएको छ।

कमल थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको छ। यसको लागि उनले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगपनि कुराकानी गरिरहेका छन्। सभापति देउवालेपनि प्रधानमन्त्री दाहालको यो प्रस्तावलाई समर्थन गरेका छन्।

त्यतिमात्रै नभएर विजय कुमार गच्छदारलाईपनि उपप्रधानसहित सञ्चामन्त्रीको जिम्मेवारीसहित सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ। दुई उपप्रधानमन्त्रीसहित केही मन्त्रीहरु अझै थपिने पक्का भएको छ। यसो भयो भने प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद सबैभन्दा जम्बो नै बन्ने पक्का छ।

तर राप्रपा अध्यक्ष थापाले भने आफूलाई परराष्ट्रसहित स्थानीय विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन्। उता अध्यक्ष गच्छदारलेपनि सञ्चारसहित भौतिक योजना मन्त्रालय माँग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार