संविधान संशोधन नभएसम्म मधेशमा चुनाव हुनै सक्दैन् : महतो

2017/01/11 3:17:11 PM

Shares

काठमाडौं, २७ पुुस। मधेशी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म मधेशमा कुनै हालतमा चुनाव हुन नसक्ने ठोकुवा गरेका छन्।

बुधबार नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष महतोले भने,‘अहिले चुनाव गर्ने भनेर जुन किसिमको चर्चा भैरहेको छ, संविधान संशोधन नभईकन कुनै हालतमा चुनाव हुन सक्दैन्।’

महतोले पृथ्वीनारायण शाहले मुलुकलाई भावनात्मक रुपमा एकीकरण गर्न नसकेको भन्दै आलोचना गरेका छन् । ‘पृथ्वीनारायण शाहले मुलुकलाई भौगोलिक रुपमा एकीकरण गरे पनि भावनात्मक रुपमा एकीकरण गर्न सकेनन् ।’ उनले भावनात्मक एकीकरणका लागि आफूहरू लागिरहेको दाबी गर्दै पृथ्वीनारायण शाहको आलोचना गरे ।

पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिएको विषयमा सोधिएको जिज्ञासामा उनले भने, ‘यो कुरा सरकारको हो । यस विषयमा मलाई धेरै बोल्नु छैन ।’

कार्यक्रमको सुरुमै आज राष्ट्रिय एकता दिवस हो नि तपाईलाई थाहा छ भनेर सोधिएको प्रश्नमा अध्यक्ष महतोले भने, ‘के को राष्ट्रिय एकता दिवस हो ?’ भने प्रतिप्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार