राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, राणा लगायत दर्जनौँ घाईते (फोटो फिचर)

2017/03/20 2:56:44 PM

काठमाडौं ७ चैत । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा बरिष्ट नेता पशुपतिशमशेर राणा लगायत दर्जनौँ  कार्यकर्ता घाईते भएका छन्।

निर्वाचन आयोगले केहीदिन अघिमात्रै राप्रपा पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको गरेको थियो । शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका राप्रपा कार्यकर्ता प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेपछि राप्रपा कार्यकर्ताले ढुंगा हानेका थिए । अहिले कान्तिपथ अश्रुग्यासले कुहिरीमण्डल बनेको छ भने राप्रपाका कार्यकर्ताहरुले सडकमै आगो बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार