Logo

ब्रह्म कुमारी राजयोग सेवा केन्द्रद्धारा राष्ट्रपति भण्डारीलाई ‘विद्यादेवी’ सम्मान (फोटोफिचर)



काठमाडौं, २ मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीले समाजलाई सभ्य बनाउन आन्तरिक र सशक्तिकरण आवश्यक रहेको वताउनु भएको छ । ब्रह्म कुमारी राजयोग सेवा केन्द्रको पशुपतिनाथ मन्दिर परिसरमा भएको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजयोग सेवा केन्द्रले मावन जातिमा स्वजागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको वताउनु भयो ।

‘भगवान गौतम वुद्धको जन्मस्थल र शिवको पुण्यभूमिमा स्वजागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा म धन्यवाद दिन्छु’ राष्ट्रपति भण्डारीको भनाई थियो, ‘मानव समाजलाई सभ्य र सुसंस्कृत बनाउन आन्तरिक र बाह्य सशक्तिकरण गर्ने काम तपाईंहरुले गर्नुभएको छ ।’

सयौंको संख्यामा ब्रह्मकुमारी हरुको उपस्थिति रहेको महोत्सवमा राजयोग अन्तर्राष्ट्रिय मुख्यालयका महासचिव ब्रिजमोहनले राष्ट्रपति भण्डारीलाई विद्याशक्ति सरस्वतीको उपमा दिनुभयो । ‘संसार तीन शक्तिले चलाएको छ, दुर्गा, लक्ष्मी र सरस्वती, सरस्वती विद्याको शक्ति हो, बुद्धको जन्मस्थल र शिवको तपोभूमिले आज विद्याशक्तिले नेतृत्व पाएको छ’ ब्रिजमोहनले भन्नुभयो, ‘हामी यसमाथि गौरव गर्छाैं ।’ संसारका सबै नदिहरु नारीकै नामबाट नामाकिंत भएको वताउँदै उहाँले विद्या, धन र शक्तिको रुपमा नारी शक्ति पुजनीय भएको वताउनुभयो ।

ब्रह्मकुमारी राजयोगका नेपाल प्रवक्ता उषा दिदीले राष्ट्रपति भण्डारीलाई सरस्वती शक्तिको प्रतिनिधिका रुपमा चित्रण गर्नुभयो । ‘सरस्वती विद्याकी शक्ति हुन्, हाम्रा राष्ट्रपतिको नाम पनि विद्यादेवी हो’ उहाँले भन्नुभयो, ‘समग्र नारी जातिका लागि यो गौरवको विषय हो ।’ ब्रह्मकुमारी राजयोग नेपालका निर्देशक राज दिदीले राष्ट्रपति भण्डारीलाई सो अवसरमा उपहार प्रदान गर्नुभएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्