Logo

च्याम्पियन्स लिग : युभेन्टससँग बार्सिलोना पराजित



काठमाडौं, ३० चैत  । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाईनल पहिलो लेगको खेलमा युभेन्टसले बार्सिलोनालाई हराएको छ ।

इटालीयन क्लव युभेन्टसको मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो । खेलमा युभेन्टसलाई विजयी गराउन पाब्लो डिबालाले दुई तथा जर्जीनो चेलिनीले एक गोल गरे ।

जितसँगै युभेन्टसले सेमिफाइनलमा पुग्ने संभावना बलियो पारेको छ । पराजित टोली बार्सिलोनाको यात्रा भने संकटमा परेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाईनल पहिलो लेगका अन्य तीन खेलहरु बुधबार राती हुनेछन् ।

बुधबार जर्मनीको बोरुसीया डर्टमण्ड र फ्रान्सको मोनाको, स्पेनको एथ्लेटिको मड्रिड र इंग्लण्डको लेष्टर सिटी तथा जर्मनीको बायर्न म्युनिख र स्पेनको रियाल मड्रिड भिड्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot