Logo

यस्तो छ सरकार र मोर्चावीच भएको सहमतिको पूर्णपाठ



काठमाडौं, ९ बैशाख । सरकार र मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनवीच संविधान संशोधन परिमार्जनसहित पारित गराउने सहमति भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा मधेसी मोर्चाले स्थानीय तहको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ ।  मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले मोर्चाका महत्वपूर्ण केही मागलाई सम्बोधन गर्ने सहमति गरेको छ ।
मोर्चाले भने अनुसार नै सरकारले हालै ल्याएको नयाँ संशोधन प्रस्तावलाई परिमार्जन गरिने भएको छ । बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन अब दुई चरणमा हुने भएको ।

दुवै पक्षवीच भएको नयाँ सहमति अनुसार बैशाख ३१ गतेको पहिलो चरणमा ३ नम्बर ४ नम्बर र ६ नम्बर प्रदेशमा निर्वाचन हुने भएको छ । र,  बाँकी १, २, ५ नम्बर प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको छ ।

त्यस्तै सरकारले मोर्चासँग गरेको नयाँ सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक द्रुत गतिबाट पारित गराउने र  भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने पनि सहमति भएको छ ।

मधेशका केही जिल्लामा जनसंख्याको आधारमा स्थानीय तहको संख्या थपिने पनि सहमति भएको छ । सरकारले संख्या थप्नेबारे एक दुई दिनभित्रै निर्वाचन आयोगसग परामर्श गर्ने भएको छ ।

त्यस्तै सबैभन्दा विवादित विषय प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार नै टुँगोमा पुर्याउनेपनि सहमति भएको छ । र, भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थप गर्ने सहमति भएको छ ।

उता संयुक्त लोकतान्त्रिक मोर्चाले अघि सारेको सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ।



प्रतिक्रिया दिनुहोस्