काठमाडौँ, २६ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री महरालाई आज टेलिफोन गरी विदेशमन्त्री स्वराजले भारत–नेपालबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसी विश्वास र हितका आधारमा अगाडि बढ्ने सदीक्षा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री महराले बधाइ ज्ञापनप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निकट रहेर दुई मुलुकबीचको सम्बन्धलाई मजबुद बनाउने तत्परता व्यक्त गर्नुभएको थियो । रासस