
टिकापुर, १६ असार । नेपाल लोकतान्त्रिक फोरमले कैलालीको टीकापुर नगरपालिकामा अग्रता लिएको छ ।
टीकापुर नगरपालिकामा ६,२२३ मत गणना हुँदा लोकतान्त्रिकका मेयर उम्मेदवार लौटन चौधरीले १,६७३ मत प्राप्त गरेका छन । उनलाई एमालेका मेयर उम्मेदवार तपेन्द्र रावलले १,२८२ मतका साथ पछ्याइरहेका छन ।
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शिव थापाको ११६० मत छ भने कांग्रेस उम्मेदवार जंगबहादुर साउँदले १,०६६ मत पाएका छन ।