काठमाडौं, १९ असार । भुकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन रेट्रोफिटिङको तरिकाबाट निर्माण कार्य जारी छ । यो सँगै सिंहदरवार पुनः निर्माणले गति लिएको छ ।
अहिले सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने काम जारी छ । सिंहदरबार केन्द्रीय सचिवालय भवन १९६० मा नेपालका १३ औँ प्रधानमन्त्री चन्द्र शमसेरले निर्माण गर्न लगाएका हुन्।
०३० सालमा भएको आगलागीपछि पुनर्निर्माण गरिएको सिंहदरबार ०७२ वैशाख १२ को भूकम्पले क्षति पुराएसँगै जोखिमयुक्त बनेको हो ।
तस्विर : मुकुन्द कालिकोटे