काठमाडौं, २४ असार । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका हुन् ।मेयरमा विजयी वडले १४३२४ मत प्राप्त गरेका छन् ।
मतगणनाको सुरुवातमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५ सय २७ मत ल्याएर पराजित भए ।उपमेयरमा विजयी भट्टले १७४०८ मत पाएकी छन् ।
उनकी निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२७६३ मत ल्याइन् ।उपमहानगरपालिकामा कांग्रेसले पहिलोपटक जित निकालेको हो । यो जितसँगै कांग्रेस उपमहानगरपालिका गुम्न सक्ने खतराबाट जोगिएको छ ।