Logo

लगानी बार्डको उपाध्यक्षमा अर्थमन्त्री कार्की



काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी समेत तोक्नुभएको छ ।

उहाँले लगानी बार्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोक्नु भएको हो । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बार्डको उपाध्यक्ष हुने व्यवस्था छ । रासस



प्रतिक्रिया दिनुहोस्