Logo

पत्नी आरजुलाई पार्टी सभापतिदेखि प्रधानमन्त्री बनाउनेसम्म यस्तो छ देउवाको नयाँ रणनीति



काठमाडौं, १९ साउन । काठमाडौं । नेपालको राजनीतिक ईतिहाँसमा महिला प्रधानमन्त्री अहिलेसम्म कोही बन्न सकेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा जुटेकी छिन्् । उनलाई पति एवम् वर्तमान पार्टी सभापति देउवाले समेत विश्वासका साथ अघि बढाएका छन् ।
प्रधानमन्त्री देउवाले आफ्नो यो पटकको प्रधानमन्त्रीतत्व कालपछि पत्नी आरजुलाई नै पार्टीको बागडोर सम्हाल्नेगरि अघि सार्न लागेका हुन् । त्यसको लागि उनले अहिलेदेखि नै आरजुको लागि नयाँ राजनीतिक जग हाल्ने काम गरिरहेका छन् । आरजुको सम्बन्ध अन्र्तराष्ट्रिय स्तरमा समेत राम्रो प्रभाव छ । उनी उच्च शिक्षा हाँसिल गरेकी महिला नेतृमा समेत गनिन्छन् ।

सोही अनुसार देउवाले उनकी पत्नी राणालाई आफ्नो राजनीतिक कर्मक्षेत्र बर्दियालाई बनाउन सुझाव दिएका छन् । आरजु यतिवेला बर्दियालाई आफ्नो निर्वाचन क्षेत्र बनाउन सक्रिय भएर लागिपरिरहेकी छिन् । आरजुले आफ्नी आमा एवम् राप्रपा नेतृ प्रतिभा राणालाई जापानका लागि राजदूत नियुत्ती गरेर पठाउनु र बर्दिया काँग्रेसका नेता संजय गौतमलाई सिँचाईमन्त्री बनाउनुको मुल कारण आरजु देउवाका लागि बर्दियाको ढोका खोल्नु भएको बताईन्छ ।

त्यस्तै बर्दिया काँग्रेसका सभापतिसमेत रहेका प्रतिभाशाली यूवा नेता संजय गौतमलाई मन्त्री बनाउनका लागि आरजु र प्रधानमन्त्री देउवाको मुख्य भूमिका रहेको बुझिन्छ । गौतमलाई काँग्रेस महामन्त्री शशांक कोइरालाको कोटाबाट मन्त्रिमण्डलमा सामले गरिएको छ ।

यद्यपी कोइरालाको कोटमा बनाइएको भएपनि प्रधानमन्त्री देउवा र आरजुको इच्छाबाट गौतम मन्त्री बनेका हुन् । यसरी गौतमलाई मन्त्री बनाइएपछि भोलिका दिनमा राजनीतिमा आरजुलाई सजिलो हुने विश्वास छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले समेत आफू निकटको उच्च स्तरको अनौपचारिक बैठकमा आफूले अब उत्तराधिकारीको रुपमा पत्नी आरजुलाई अघि सार्न लागिपरेकोबारे जानकारी गराएको स्रोतको दाबी छ । आरजुलाई देउवाले अघि सारेझैं न्यायसंगत भूमिका निर्वाह गरिन भने उनलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न अवसर हुनेछ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो उत्तराधिकारीको रुपमा छोरी सुजाता कोइरालालाई राजनीतिमा अघि सारेका हुन् । उनको पनि छोरीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनाउने ठूलो चाहना थियो । तर उनले जिवित हुँदै यस्तो चाहना पूरा भएको हेर्न पाएनन् ।

अहिले आरजुलाई जसरी देउवाले विश्वास गरेका छन् । उनलाई पार्टीभित्रका शीर्ष नेताहरुले समेत क्षमतावान महिला नेतृ भनेर चित्रित गर्ने गरेका छन् । यसरी हेर्दा, आरजु पार्टी सभापति बन्नेदेखि नेपालको पहिलो महिला प्रधामन्त्री बन्नको लागि आफ्ना पति शेरबहादुरले अघि सारेका मार्गमा हिँड्न तयारी अवस्थामा छिन् ।



प्रतिक्रिया दिनुहोस्