Logo

भरतपुरमा देवी भन्दा रेणु २७१ मतले मात्र पछाडी



चितवन, २१ साउन  । भरतपुर महानगरपालिका वडा नं–१९ को मत गणना अन्तिम चरणमा पुगेको छ ।

दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५ सय ३ मत ल्याएकी छिन् ।

रेणुले निरन्तर मतान्तर घटाउँदै लगेकी छिन् । अहिले उनी ज्ञवाली भन्दा २७१ मतले पछाडी छिन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाहीले अग्रता लिइरहकी छन् ।

यस्तै उपमेयरमा शाहले ४५ हजार ३ सय ९८ मत र दिव्य शर्मा आचार्यले ३८ हजार ४ सय ३४ मत प्राप्त गरेकी छन् ।शुक्रबार पुनः मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।

वडा नम्बर १९ मा कुल ३ हजार ७ सय ९७ मत रहेकोमा २८७० अर्थात ७५ दशमलव ५८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यसअघि यस वडामा २ हजार ८ सय ९७ मत खसेको थियो ।

गत जेठ १४ गते मध्यरातमा भरतपुर १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत पत्र च्यातेपछि विवाद सुरु भएको थियो ।निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको भोलीपल्टै एमालेका प्रतिनिधिले सर्वोच्चमा रिट दायर गरेपछि भरतपुर प्रकरण लम्बिएको थियो ।

राजनीतिक दलहरुबीच सहमति जुटाएर मत गणना अघि बढाइने छ । ३२ वटा वडा मध्ये २० नम्बर वडाको पनि मत गणना बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्