चितवन २१ साउन । भरतपुर महानगरपालिकाकाे जारी मतगणना अन्तर्गत वडा नं. १९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कर्ण गुरुङले १४७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिवद्धन्दी एमाले उम्मेदवारले १०९७ मत ल्याएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवारले २७ मत ल्याएका भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६६ मत ल्याएका छन्।
विययी हुने अन्य सदस्यमा महिलामा साधना पराजुलीले १५९५, दलित महिला सदस्यमा चुन्चा परियार ले १६१५, खुल्ला सदस्यमा जयनारायण सापकोटाले १५३५र द्रोण गुरुङले १४९९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
पहिलो चरणको स्थानीय तहको बैशाख ३१ गते भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना हुने क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि साउन २० गते शुक्रवार वडा नं १९ मा पुन मतदान भएको थियो।