चितवन, २१ साउन। भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी मेयरकी साझा उमेदवार रेणु दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई उछिनेकी छन् ।
बिहानसम्म ७८४ मतले देवी ज्ञवालीको अग्रता कायमै रहेको भए पनि रेणु दाहाल मतान्तर घटाउँदै अघि बढेकी थिइन् । अहिले पछिल्लो मतपरिणामअनुसार उनले ज्ञवालीलाई ९९ मतले पछि पारेकी छन् । अहिले वडा नम्बर २० को मतगणना भइरहेको छ । अहिलेसम्म भरतपुरमा २ हजार ४ सय मतगणना सम्पन्न भएको छ । रेणुले ४२७४४ र देवीले ४२६४५ मत प्राप्त गरेका छन् ।