![](https://reportersnepal.com/wp-content/uploads/2017/05/biddhya-shakya-900x600.jpg)
काठमाडौं २४ साउन । काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मुल्यका गाडी खरिद गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको हो ।
मेयर शाक्यले चढ्ने टोयोटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आईसकेको छ भने उपमेयर खड्गीको गाडी आउन बाँकी छ ।, यो खबर आजको नागरिकमा छ ।