काठमाडौ, २७ साउन । नेकपा माओवादीबाट बाहिरिएका डा. बाबुराम भट्टराईसहित पूर्व माओवादीहरुले गठन गरेको नयाँ शक्ति नेपाल पार्टीलाई जसरी भएपनि आफ्नो पार्टीमा ल्याउने रणनीतिका साथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागिपरेका छन ।
यसका लागि उनले भट्टराई बाहेकका नयाँ शक्तिका नेताहरुसँगको कुराकानीलाई तिब्रता दिएका छन । रामचन्द्र झा र रामकुमार शर्मालाई फकाईसकेका प्रचण्डले भट्टराईसँग रुष्ट देबेन्द्र पौडेल र बामदेब क्षेत्रीसहितकाहरुसँग पनि कुराकानी थालेका छन ।
प्रचण्डले आज सबैलाई बोलाएर छलफल गरेको स्रोतले जनाएको छ । उनीहरु पनि माओवादीमा फर्कन सकारात्मक रहेको बताईएको छ ।
स्रोतका अनुसार प्रचण्ड बाबुराम भट्टराईको पार्टीभित्र रहेका प्रभावशाली नेताहरुलाई विस्तारै माओवादीमा भित्र्याएर नयाँ शक्ति नेपाललाई रित्तो बनाएपछि डा. भट्टराईलाई बाध्यतामा परी माओवादी भित्र्याउने योजनामा छन ।
आगामि निर्वाचन अघि नै छिन्न भिन्न भएका माओवादीहरुलाई मिलाउने उद्देश्यसहित लागिपरेका प्रचण्डले मोहन बैद्य किरणसँग पनि कुरा गरिसकेका छन । पहिलो नयाँ शक्तिलाई पार्टीमा समाहित गरेपछि प्रचण्डले क्रमसः बैद्य र नेत्रविक्रम चन्दसँग पार्टी एकताको छलफल अगाडि बढाउने बताईएको छ ।