काठमाडौं, साउन ३०। नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले भारत र नेपालबीच भएका सन्धी सम्झौताहरु समयानुकुल परिवर्तन हुनुपर्ने बताएका छन् ।
भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले भने, ‘नेपाल र भारतबीचको सम्बन्धको बारेमा सबैलाई थाहछ, मेरो भएटै भनाइ छ अन्तर्राष्ट्रिय मूल्य मान्यतार र समानताको आधारमा सम्बन्ध अघी बढ्नुपर्छ।’
आफूहरू संविधान संशोधनको पक्षमा रहेको भन्दै रायमाझीले मोर्चाका नेता कार्यकर्तालाई निर्वाचनमा भाग लिनको लागि आग्रह गरे ।
उनले हृदयेश त्रिपाठीलाई इंगित गर्दै भने, ‘मेरो पार्टी तपाईँको पक्षमा मतदान गर्छ, सरकारले यदि संसदमा निर्णयर्था पेस गर्छ भने मेरो हातले मात्र होईन टाउकोले मत हाल्नुपर्छ भने पनि म हाल्न तयार छु, तर हामीले मात्र हालेर पारित हुँदैन।’
नेता रायमाझीले भने, ‘मोर्चाले यो कुरा बुझ्नुपर्छ, संविधानमा माओवादी केन्द्रका सबै मागहरू समावेस भएका छैनन्, काँग्रेस र एमालेका पनि भएका छैनन्, हामीले अधिकतम् सहमतिमा संविधान ल्याएका हौँ,यसमा मोर्चाले मेरो भनेकै हुनुपर्छ भन्ने अडान राख्नु हुँदैन।’
सरकारसँग दुई तिहाई सांसद नभएको स्थितिमा संविधान संशोधन विद्येयक पास हुने सम्भावना कम रहेको भन्दै नेता रायमाझीले मोर्चालाई निर्वाचनमा भाग लिएर बहुमत ल्याएर देखाउन चुनौति दिए।