काठमाडौं, ३१ साउन । डा. गोविन्द केसीले आज विना सम्झौता आमरण अनसन स्थगित गर्नु भएको छ । बाढी पहिरोको विसम परिस्थितिलाई ध्यानमा राखेर डा. केसीले अनसन स्थगित गर्नु भएको हो ।
डा. केसीले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक पास गर्नु पर्ने लगायतका माग राखेर केसी २३ दिनदेखि जारी अनसन
तोड्नु अघि सरकारले केही निर्णय गर्दैछ भने त्रिभुवन विश्वविद्यालयले केसीको माग सम्बोधन गर्न केही निर्णय लिएको छ । यद्यपि चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग भने सम्बोधन भएको छ ।
त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ ।
यसैविच, डा. केसीका माग सम्बोधन र निर्वाचन क्षेत्र निर्धारण आयोगको समय थप गर्ने विषयमा छलफल अहिले मन्त्रीपरिषदको बैठक बसिरहेको छ । बैठकमा तराई क्षेत्रमा भएको बाढीको विषयमा पनि छलफल भईरहेको छ ।