काठमाडौं, २ भदौ । सर्वोच्च अदालतले बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
त्यस्तै आदेशमा बाढीपीडितलाई तत्काल राहत र उपचारको व्यवस्था गर्न पनि भनेको छ ।