Logo

पत्रकार तथा अनुसन्धानकर्ता केसीलाई विद्यावारिधिको उपाधि



काठमाडौँ, २ भदौ । पत्रकार तथा अनुसन्धानकर्ता दीपेशकुमार केसीले भारत, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट नेपाल भारत सीमा विषयमा विद्यावारिधिको उपाधि पाउनुभएको छ ।

स्कुल अफ सोसल साइन्सअन्तर्गत रहेको सेन्टर फर सोसल सिष्टमबाट ‘युथ इन इन्डो नेपाल क्रस बोर्डर क्राइम’(नेपाल भारत सीमा वारिपारि हुने अपराधमा युवा) विषयमा केसीले वीरगञ्ज र रक्सौल क्षेत्रको अध्ययन गरी चार वर्ष लगाएर शोध तयार गर्नुभएको थियो ।

लामो समय पत्रकारितामा संलग्न ललितपुरका केसीले बेलायतबाट प्रकाशन हुने इमेराल्ड ग्रुपको जर्नल अफ ‘मनी लण्डिरिङ कन्ट्रोल’ जर्नलमा समेत लेख प्रकाशन गरिसक्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्