![](https://reportersnepal.com/wp-content/uploads/2017/08/panta.jpg)
काठमाडौ, ५ भदौ । साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्त युएईको आबुधाबीबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले पन्तलाई युएई प्रहरीको सहयोगमा पक्राउ गरेको हो । उनलाई युएई प्रहरीको सहयोगमा नेपाल ल्याएको एसपी किरण बज्रार्चाय जानकारी दिएका छन् ।
२०७३ साल पुस २१ गते पन्तले नेपालमा ३३ किलो सुन अवैध रुपमा पठाएका थिए। सुन लिएर आएका गोपालबहादुर शाहीको साथबाट सिआइबीले ३३ किलो सुन बरामद गरेको थियो ।