कौरब खत्री
गुल्मी, १० भदौ । नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नं ३ का सभापति दोर्ण कुमार कुवँरले धार्मिक एवम् पर्यटकिय सम्भावना बोकेको निसिखोला गाँउपालीका र ढोरपाटन नगरपालीकाको सिमानामा रहेको अर्नाकोटलाई धार्मिक, साास्कृर्तिक एवम् पर्यटनसँगै विकासगर्ने पर्ने धारणा राखेका छन।
शुक्रबार अर्नाकोट बराह युवा क्लबको चौथो बार्षिकोत्सव समारोहलाई उद्घाटनगर्दे नेता कुवँरले यस्तो बताएका हुन । प्रमुख अतिथी समेत रहेका कुवँरले प्रचुर सम्भावना बोकेको अर्नाकोटलाई आफुले बढि चासोका साथ हेरीरहेको र यसै आर्थिक बर्षको मँसिर महिना भित्रै अर्नाकोट एयरपोर्ट सर्भेका लागि आबस्यक पहल भईसकेको जानकारी दिएका छन् ।
अर्नाकोट यस क्षेत्रकै महत्वपुर्ण स्थल बाईसे चौबिसे राज्यको पालादेखिनै चर्चित स्थल, धौलागिरी सहित आधादर्जन मनोरम हिम सृङखला, ढोरपाटनको सिर देखि बिभिन्न जिल्लाको मनोरम दृश्य सँगै धार्मिक महत्वका हिसावले अर्नाकोट बराह मन्दिर समेत महत्वपुर्ण रहेको पाईन्छ ।
यस क्षेत्रको प्रर्यटकिय बृर्ति र बिकासका लागि बिभिन्न क्लब सँघसँस्थाले तिजपर्वका अबसरमा बिशेष कार्यक्रम गर्दे आईरहेको र पछिल्लो समय बिगत ४ बर्षदेखि अर्नाकोट बराह युवा क्लबले कार्यक्रम गर्दे आएको र यस क्षेत्रको बिकास प्रचार प्रसारमा सबैले सहयात्रा गर्दे अगाडि बद्नु पर्ने स्थानीय क्लबका सक्रिय सल्लाहकार लाल बहादुर कुवँरले बताए ।
उक्त क्षेत्रमा तिजको दिनदेखि ५ दिनसम्म बिबिध खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम हुने भएका कारण यस क्षेत्रका हजारौँ दर्शकहरुको सहभागिता रहने गरेको पाईन्छ ।