Logo

क्रान्त्रिकारीको केन्द्रिय सदस्यमा डा.आचार्यको उम्मेद्वारी



काठमाडौं, १३ भदौ । अखिल ‘क्रान्त्रिकारी’ एकताको २१ औँ राष्ट्रिय अधिवेशनमा केन्द्रिय सदस्यको लागि डा.देवेन्द्र आचार्यले उम्मेद्वारी दिएका छन् ।
काठमाडौं विश्वविद्यालयबाट डा. आचार्यले खुल्ला तर्फ उम्मेदारी दिएका हुन । डा. आचार्य २०६३ सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध छन् । अखिल नेपाल जन साँस्कृतिक महासंघ र नेपाल गणतान्त्रिक महासंघमा रहि राजनीति गरेको लामो अनुभवि यूवा नेता पनि हुन ।

गजलकारको समेत नाममा चिनिएका डा. आचार्य मेडिकल शिक्षामा भएका विकृति र विसंगीका बिरोद्धको आन्दोलनका क्रमका छिटफुट जेल जीवन विताएका छन् ।

अखिल क्रान्त्रिकारीका अध्यक्ष नरेनद्र न्यौपाने निकट मानिने डा. आचार्यले बाढिले आक्रान्त बनेको बाँके नेपालगंमा स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिएका थिए ।

अखिलको २१ औ राष्ट्रिय सम्मेलनमा चिकित्सा क्षेत्रको प्रतिनिधित्व गर्ने एकमात्र व्यक्ति भएको दावि उनको छ । बाँकेबाट नै केन्द्रिय सचिवमा चक्रमिलन चन्द र केन्द्रिय सदस्यमा राजेन्द्र बिष्टले उम्मेदारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्