काठमाडौं, १४ भदौ । सरकारले प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० र २१ गरी दुई चरणमागर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले दुई चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गरिनुपर्ने भन्दै सरकारलाई दिएको सुझावको आधारमा सरकारले दुइ चरणमा गर्ने निर्णय गरेको हो । दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे आधिकारिक जानकारी भने आएको छैन।