काठमाडौँ, १५ भदौ । ठूलो परिमाणमा अवैध सुन प्रहरीले वरामद गरेको छ। दश करोड भन्दा बढी मूल्य पर्ने २२ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वरामद गरेको हो।
१४ किलो सुन बुधबार साँझ टोखाबाट जफत गरेर प्रहरीले संलग्न सातजनालाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। १ किलो सुन जनकपुरको रामानन्द चोकबाट वरामद गरेको प्रहरीले जानकारी दियो।
बाँकी ७ किलो सुन पनि काठमाडौंमा बिक्री गरिसकेकोले त्यसबारे पनि अनुसन्धान भैरहेकाे प्रहरीले बतायो। यस अगाडी त्रिभुवन विमानस्थलबाट ३४ किलो अवैध सुन वरामद गरिएको थियो। ठूलो परिमाणमा सुन वरामद भएको यो दोस्रो हो।
यो पटक वरामद भएको सुन चीनबाट भित्र्याइएको ब्युरोमा डिआइजी पुष्कर कार्कीले जानकारी दिए। रसुवा नाका हुँदै सुन काठमाडौं ल्याइएको थियो।