काठमाडौं, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ४२.३३% उत्तीर्ण भएका छन् । नियमिततर्फ कुल १ लाख ९३ हजार १ सय २५ जनाले परीक्षा दिएकोमा ८१ हजार ७ सय ५८ उत्तीर्ण भएका हुन् । उनका अनुसार ७७ जनाको परीक्षा रद्द भएको छ ।
आंशिक तर्फ १ लाख ७ हजार ५ सय ६९ जनाले परीक्षा दिएकोमा ३८ हजार ४ सय ४४ जना उत्तीर्ण भएका छन् ।
बिहीबार साँझ व्यवस्थापन, मानवीकी र शिक्षा संकायतर्फको परीक्षाफल सार्वजनिक भएको हो । यसअघि बोर्डले विज्ञान संकायको नतिजा सार्वजनिक गरिसकेको छ ।सार्वजनिक नतिजा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय, शिक्षा विभागसहित अन्य वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ ।
http://www.neb.gov.np/results