काठमाडौं, १७ भदौ । प्रमुख दल नेपाली कांग्रेसका नेता दिपक खड्काले निर्वाचन आयोगले हतारमा निर्वाचन आचारसंहिता लागु गरेको भन्दै तत्काल उक्त आचारसंहिता फिर्ता लिनुपर्ने बताए । उनले भने,‘आयोगले हतार गरेर आचारसंहिता लागु गर्यो, यो फिर्ता लिनुपर्छ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले धेरै कामहरु गर्न बाँकी नै रहेकोले आयोले आचारसंहिता लागु गर्ने मितिमा नै ‘करेक्सन’ गर्नुपर्ने माँग गरे । पूर्वमन्त्री समेत रहेका नेता खड्काले २ नम्बर प्रदेशको निर्वाचनमा कांग्रेसले माओवादीसँग नै तालमेल गर्ने बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अझै दुई चार वर्ष जानुपर्छ, यही गठबन्धनवीच अहिलेको चुनावमा मात्रै नभएर आउने चुनावमा पनि तालमेल हुनुपर्छ र हुन्छ पनि ।’ यद्धपी उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भने अहिले कुनै तालमेल नहुने स्पष्ट पारे ।
खड्काले प्रदेश नम्बर २ मा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे । उनले भने,‘तराईमा हाम्रो पार्टीलाई जनताले पहिलो बनाउँछन्।’
त्यस्तै फरक प्रसँगमा उनले आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार प्रमाणित भए कोही पनि उम्किन नसक्ने बताए । उनले थपे,‘अनुशन्धान भैरहेको अवस्थामा भ्रष्टाचार नै भयो भनेर भन्न मिल्दैन, तर भ्रष्टाचार प्रमाणित भए कोही पनि उम्किँदैनन्।’
भ्रष्टाचारको कसुरमा साजय पाएको व्यक्ति उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विवादकाबारे सोधिएको प्रश्नमा उनले भने,‘विद्येयक सच्याउनको लागि केही सांसदहरुले संशोधन हालेका छन्, तर कांग्रेस सहमत हुन सक्दैन्, विद्येयक पास हुन्छ।’